site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ : सांसद थापा
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजु थापाले शिक्षा क्षेत्र सुधार गर्नका लागि शिक्षामा बजेट बढाउनुपर्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन हुनुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कियो भनेर भनिन्छ । तर, प्रत्येक वर्ष सरकारले ल्याउने बजेटले शिक्षा क्षेत्रलाई बेवास्ता गर्ने गरेको छ । अब हामीले साच्चिकै शिक्षामा सुधार गर्ने हो भने कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याउनुपर्छ,” उनले भने ।

गाउँगाउँमा सामुदायिक विद्यालय सञ्चालन गर्नका लागि समुदायबाट पैसा उढाउनुपर्ने बाध्यता रहेको र स्कुल बसका लागि विदेशी राष्ट्र गुहार्नुपरेको भन्दै यसका लागि सरकारले उचित पहल गर्नुपर्ने थापाको भनाइ थियो ।

संसद्मा प्रस्तुत शिक्षा विधेयकमा रहेका कमीकमजोरीलाई सच्चाएर शिक्षकका जायज माग पूरा गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै, सांसद थापाले देशको मेरुदण्डका रुपमा रहेको शिक्षा क्षेत्र तहसनहस हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै अबको शिक्षा विश्वबजारमा बिक्ने खालको बनाउने गरी सरकारले तयारी थाल्नुपर्ने बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro