site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ । 

भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलका लागि भएको टस जितेर नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले बलिङको निर्णय गर्दै पाकिस्तानलाई ब्याटिङको निम्तो दिए ।

अक्टोबर ५ देखि सुरु भएको विश्वकपको यो दोस्रो खेल हो । यसअघि बिहीबार भएको पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध साविक उपविजेता न्युजिल्यान्डले नौ विकेटको सहज जित निकालेको थियो । 

प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro