site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक एकता, जागरण र पहरेदारीका लागि पूर्वराष्ट्रपति भण्डारीको अपिल 
फाइल तस्बिर
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भावमा प्रश्न उत्पन्न हुने क्रियाकलापमा सबैलाई गम्भीर बन्न आग्रह गरेकी छन् । उनले शुक्रबार अपिल जारी गर्दै समाजमा शान्ति खलबलिने गतिविधिमा नलाग्न ध्यानाकर्षण गराएकी छन् ।
 
“नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्छु,” उनले भनेकी छन्, “समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।”

जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध बन्नु परेको उनको भनाइ छ । बाँके घटानाप्रति संकेत गर्र्र्दै सामाजिक एकता, जागरण र पहरेदारीका लागि उनको अपिल छ ।
 
“हाम्रा सामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौतीहरू अवश्य छन्, तर हामी भित्रको संकल्प बलियो छ । कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको छ,” अपिल छ, “ उनको  हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ, जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अंगको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपिल गर्छु ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro