site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पटकपटक जहाजमा समस्या देखिएपछि निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध
नेपाल एयरलाइन्सको जहाज । फाइल ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुईजना प्राविधिकलाई काममा प्रतिबन्ध लगाएको छ । उनीहरूले मर्मत गरेको जहाजमा पटकपटक समस्या देखिएपछि निगमका ड्युटी मेन्टेनेन्स म्यानेजर र कन्टिन्युइङ एयरओर्दिनेस (सीए) म्यानेजरलाई काममा प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएको छ ।

पछिल्लोपटक उनीहरूले मर्मत गरेको नेपाल एयरलाइन्सको ३२०, ९एन–एकेएक्स जहाज बुधबार काठमाडौंबाट साउदी अरेबियाको दमामका लागि उडेको थियो । तर, 'टिकास'मा खराबी देखिएपछि विमान पाकिस्तानको कराँची पुगेर फर्किएको थियो । उक्त विमान बुधबार राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

टिकास भनेको जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधि हो । टिकासले काम नगरेपछि लामो दुरीमा जहाज उडाउँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले विमान फर्किएको थियो ।

उनीहरूले मर्मत गरेको वायुयानमा पटकपटक प्राविधिक समस्या आएकाले अर्को निर्णय नभएसम्मका लागि आजैबाट लागु हुने गरी काममा प्रतिबन्ध लगाएको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

"अब उनीहरूमाथि निगमले पनि आन्तरिक अनुसन्धान गर्छ, हामीले पनि गर्छौं । त्यसपछि निर्णय हुन्छ," भुलले भने ।

उनीहरूको नाम भने खुलाइएको छैन ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro