site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रुटको अर्धशतकमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई दियो २८३ रनको लक्ष्य
SkywellSkywell

काठमाडौं । जोए रुटको अर्धशतकप्रेरित इंग्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा रुटले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको साविक विजेता इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर २८२ रनको योगफल खडा गर्‍यो ।

Dabur Nepal
NIC Asia

इंग्ल्यान्डबाट धैर्यपूर्ण ब्याटिङ गरेका रुटले ७७ रन बनाए । रुटले ८६ बलमा चार चौका र एक छक्का प्रहार गरे । कप्तान जस बटलरले ४३, जोनी बेरेस्टोले ३३, ह्यारी ब्रुकले २५ र लियम लिभिङस्टोनले २० रन बनाए ।

डेबिड मलान र साम करनले समान १४ रन थप्दा क्रिस वोक्स र मोइन अलिले समान ११ रन जोडे । आदिल राशिद र मार्क उड क्रमस १५ र १३ रनमा अविजित रहे ।

न्युजिल्यान्डका म्याट हेनरीले तीन विकेट लिए । ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले समान दुई विकेट लिए । ट्रेन्ड बोल्ट र रचिन रविन्द्रले एक–एक विकेट हात पारे ।   

प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu