site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभामा पेस भयो विद्युत् विधेयक

काठमाडौं । विद्युत् विधयक, २०८० प्रतिनिधिसभा बैठकमा पेस भएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेस गरेका हुन् ।

यो विधेयक मंगलबार नै पेस गर्ने कार्यसूची थियो । तर, गणपूरक संख्या नपुगकाले आज पेस गरिएको हो । 

विधेयक पेस गर्नुअघि सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि बैठकमा गणपूरक संख्या यकिन गरिएको थियो । एमाले सांसद ठाकुर गैरेले गणपूरक संख्या गणनाको माग गरेपछि गणना गरिएको थियो ।

प्रस्ताव पेस गर्नका लागि आवश्यक पर्ने ६९ सदस्यमध्ये ८१ जना उपस्थित भएपछि पेस गरिएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १९ गते शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro