site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Tiktok banner adTiktok banner ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला हुलाक कार्यालय बारामा तत्कालीन नासु पदमा कार्यरत बलिरामप्रसाद कुर्मी, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साह छन् ।

जिल्ला हुलाक कार्यालय बाराका नासु (हाल कार्यालय प्रमुख)समेत रहेका बलिरामप्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएका थिए । उनले बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको दाबीसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

त्यसपछि अनुसन्धान भई बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई हाल पुर्पक्षका लागि थुनामा रहेको बेहोराको उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धान हुँदा हुलाक बचत बैंकमा बचतकर्ताबाट संकलन भएको रकम केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई फाँटवाला बलिरामप्रसादको मिलेमतोमा आपसमा बाँडफाँट गरी उक्त रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ । उनीहरूसँग पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो दाबी गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro