site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले गण्डकी अधिवेशन : मतदान सुरु
Sarbottam CementSarbottam Cement

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । पार्टीको पहिलो गण्डकी अधिवेशनअन्तर्गत बिहीबार मध्याह्नदेखि मतदान थालिएको हो ।

निर्वाचन समिति संयोजक सुरेन्द्र थापामगरका अनुसार विद्युतीय मतदान गरिँदै छ । कुल ९०७ जनाले मतदान गर्नेछन् । सकेसम्म आजै मतपरिणाम सार्वजनिक गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिवेशनबाट १६५ सदस्यीय कमिटी चुनिनेछ । तीमध्ये २७ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेलको समेत साथ छ ।

Global Ime bank

अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, महिला उपसचिवमा कास्कीकै मीना गुरुङ र अर्काे उपसचिवमा म्याग्दीका सन्तोष रावलले उमेदवारी दर्ता गराएका छन् ।

म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्को उपसचिवमा कास्कीका दामबहादुर विकले उमेदवारी दर्ता गराएका छन् ।

यो समूहलाई उपमहासचिव गुरुङसहित सचिव पद्या अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ र एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताइन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement