site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतदानमा ढिलाइ, आफ्ना गुटका २१ जना निर्विरोध बनेको गुरुङ गुटको दाबी
Sarbottam CementSarbottam Cement

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन बन्दसत्रमा प्रवेश गरिसकेको छ । गएको सोमबार अधिवेशन उद्घाटन गरिएको थियो । केही घण्टामै उद्घाटनसत्र सकाइएको थियो । नेतृत्व चयनका निम्ति मतदान भने सुरु भएको छैन ।

बुधबार ढिलो गरी सुरु गरिएको मनोनयन प्रक्रिया साँझसम्म चलेको थियो । निर्वाचन समितिले बिहीबार (आज) बिहान ८ बजेदेखि मतदान भने पनि हालसम्म प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न सकेको छैन ।

विद्युतीय मतदान हुने भएकाले परिणाम आउन भने समय लाग्ने छैन । निर्वाचनमा ९०७ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गण्डकी प्रदेश अध्यक्षका निम्ति निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी चुनावी मैदानमा छन् । उनीहरू दुवै प्यानलसहित मैदानमा उत्रिएका छन् । शर्मालाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ । अधिकारीको पक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारी रहेका छन् ।

अधिकारीलाई एमाले महासचिव शंकर पोखरेलको साथ छ । तर, आफू कुनै गुटमा नलागेको उनले सामाजिक सञ्जालमार्फत प्रस्टोक्ति दिएका छन् । महासचिव पोखरेल र स्थायी कमिटी सदस्य अधिकारी मायानाथलाई जिताउन भने लागिपरेका देखिन्छ ।

Global Ime bank

अधिकारीको प्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, महिला उपसचिवमा कास्कीकै मीना गुरुङ र अर्काे उपसचिवमा म्याग्दीका सन्तोष रावलले उमेदवारी दर्ता गराएका छन् ।

म्याग्दीका शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, महिला उपसचिवमा पर्वतका मञ्जु अधिकारी र अर्को उपसचिवमा कास्कीका दामबहादुर विकले उमेदवारी दर्ता गराएका छन् ।

यो समूहलाई उपमहासचिव गुरुङसहित सचिव पद्या अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ र एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताइन्छ ।

गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदा मायानाथ प्रमुख सचेतक थिए । उनीहरूबीचको सम्बन्ध गत वर्षको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि बिग्रिएको जिल्ला नेताहरूको भनाइ छ । अधिकारीनिकट नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लमजुङबाट गुरुङले मात्र अवसर पाएको गुनासो पोखेका थिए । त्यही गुनासो बुझेकोे अर्को समूहले मायानाथलाई अगाडि सारेको हो ।

अधिवेशनमा शर्मा टिमबाट २३ गण्डकी प्रदेश कमिटी सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघीय निर्वाचन क्षेत्रतर्फ मनाङबाट चिनबहादुर घले, मुस्ताङबाट इन्द्रधारा विष्ट, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, गोरखा संघीय निर्वाचन क्षेत्र–१ बाट टीकानारायण श्रेष्ठ र २ बाट हरि काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

लमजुङबाट भूगोल खुलातर्फ प्रेमबहादुर घले र फूलबहादुर थापा, दलितबाट नन्दराम विक र महिलाबाट लक्ष्मी अधिकारी र विष्णुमाया राना निर्विरोध भएका छन् । म्याग्दी भूगोलबाट किरण सापकोटा र तिलक विक, दलिततर्फ पुष्कर विक निर्वाचित भएका छन् । नवलपुरबाट दलिततर्फ कृष्णबहादुर विक निर्वाचित भएका छन् ।

बागलुङबाट भूगोलतर्फ लीला राना र टंकप्रसाद शर्मा, अल्पसंख्यक महिलाबाट सुनकुमारी भुजेल, जनजाति खुला महिलाबाट निर्मला थापा, लालसुब्बा गुरुङ र जोगमाया महतो निर्विरोध निर्वाचित भएका छन् । मजदुर महिलाबाट संगीता पाण्डे निर्विरोध निर्वाचित भएकी छन् ।

लेखा समिति सदस्यतर्फ मञ्जु केसी र रेखा पौडेल निर्वाचित भएका छन् ।

विभिन्न क्लस्टरका २७ निर्विरोध सदस्य चुनिँदा गुरुङ गुटका २१ जना परेको सो समूहका एक नेताले जिकिर गरे । अधिकारी समूहका ६ जना मात्र निर्विरोध निर्वाचित बनेको बताइएको छ ।

भूगोलतर्फको २२ सिट खुलामा ५३ जनाले मनोनयन दर्ता गराएका छन् । सो समूहको ११ महिला सदस्यका लागि १८ जना मैदानमा छन् ।

पाँच दलित महिलाका लागि १८ जना मैदानमा छन् । अपांगता भएका एक पदका लागि चार उमेदवार छन् । १० पद छुट्ट्याइएको प्रदेश युवा खुलामा २३ र पाँच युवा महिलाका लागि नौजनाले उमेदवारी दिएका छन् ।

आदिवासी जनजाति प्रदेश खुला १३ का लागि १७ जना मैदानमा छन् । जसमा तीन महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

मजदुर खुलातर्फका दुईजनाका लागि पाँच र प्रदेश महिला खुला एक सिटका लागि संगीता पाण्डे निर्विरोध भएकी छन् ।

अल्पसंख्यकका दुईजनाका लागि चारजना मैदानमा छन् । अल्पसंख्यक महिलामा सुनकुमारी घर्ती निर्विरोध भएकी छन् ।

मुस्लिमका लागि छुट्ट्याइएको दुई सिटमा चारजनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्रका निम्ति छुट्ट्याइएको १८ सिटका लागि ३१ जना मैदानमा छन् ।

जिल्ला भूगोलतर्फको ६१ सिटका लागि जिल्लागत रूपले नै उमेदवारी परेको छ । जसानुसार कास्कीका नौ सिटका लागि २४ जना मैदानमा छन् ।

गोरखाका पाँच सिटका लागि आठ, तनहुँका ६ सिटमा ११, नवलपुरका सातका लागि २८, पर्वतका सातका निम्ति १२ जनाले मनोनयन दर्ता गराएका छन् ।

बागलुङका ६ सिटका लागि १२, मनाङका दुईका लागि चार, मुस्ताङका तीन सिटका लागि निर्विरोध निर्वाचित भएका छन् । म्याग्दीका चार सिटमा पनि निर्विरोध सदस्य चुनिएका छन् ।

स्याङ्जाका सात सदस्यका लागि १५ र लमजुङबाट चुनिने पाँचजना पनि निर्विरोध बनेका छन् । त्यसमा महिला सिट पनि सुरक्षित गरिएको छ ।

यो निर्वाचनबाट एमालेका गण्डकी अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला उपसचिवसहित १६५ सदस्यीय कार्यसमिति चयन गरिनेछ । प्रमुखसहित लेखा समितिका सातजना पनि चुनिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement