site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार अस्थिरतालाई गतिशीलता ठान्छ, विभाजन र विद्वेषलाई उपलब्धि : ओली 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार अस्थिरता र विद्वेष फैलान केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकार राष्ट्रहितविरुद्ध लागिरहेको टिप्पणी गरे ।

“राष्ट्रहितविरुद्ध यो सरकार लागिरहेको छ, म उदाहरणसहित भन्दै छु । अहिलेसममका उपलब्धिहरूलाई सिध्याउन, कूटनीतिक सम्बन्ध खतम पार्न यो सरकार लागिरहेको छ । मन्त्री हुनु मात्रै उपलब्धि होइन,” ओलीले भने, “जनताका लागि काम गरौँ । जनताको हितका लागि उभिऊँ र लोकतन्त्रका पक्षमा अधिनायकवादका विरुद्ध उभिऊँ भनेर जनताले हामीलाई पठाएका हुन् । अनि, हाम्रो गन्तव्य मन्त्री मात्रै हुनसक्छ ?”

सत्ता गठबन्धनमा आबद्ध दलका नेताले देश र जनता बिर्सिएको उनको आरोप छ । 

“सभामुख महोदय, अस्थिरतालाई गतिशीलता ठान्ने, विभाजन र विद्वेषलाई उपलब्धि ठान्ने अहिलेको गठबन्धन छ । आफ्नो दलको विजयमा होइन, अन्य दलको विभाजनमा आफ्नो राजनीतिक उपलब्धि ठान्नेहरू हाम्रो लोकतन्त्र र राजनीतिक उपलब्धिलाई खतम पार्न सक्रिय छन् । सत्ताको लोभमा देश र जनता बिर्सिएका छन्,” ओलीले भने, “दल विघटन होलान, बन्लान्, तर जनता सदासदा रहिरहनेछन् । यस तथ्यलाई कमजोर पार्ने काम नगरौँ, म आग्रह गर्न चाहन्छु ।”

उनले सबै राजनीतिक दलका सांसदलाई सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रहितमा एकजुट हुन आह्वान गरे ।

“नेपालको विकास, नेपालीको सुख, नेपालीको स्वाभिमान बढाउन एकजुट हौँ । यो नालायक गठबन्धन टिकाउन एकजुट हुने होइन,” उनले भने, “विभिन्न वार्ताका माध्यमबाट म यो गठबन्धनलाई जिम्मेवार हुन ध्यानाकर्षण गराइरहेको छु । तर, यो गठबन्धन सरकार लोकतन्त्रका अवयवमाथि आक्रमण गरी सद्भाव भड्काउन प्रयत्नशील छ ।”

उनले सरकार नियम–कानुन र संविधानविरुद्ध लागिरहेको आरोप लगाए ।

“हामीले पहिले पढेका युद्धमा पनि नियम छन्, घाम झुल्किएपछि युद्ध सुरु हुने, यो गर्न पाइने, यो गर्न नपाइने हुन्छ,” ओलीले भने, “तर, यो सरकार संविधानमाथि आक्रमण गरिरहेको छ । असंवैधानिक गतिविधिमार्फत संविधानप्रदत्त अधिकार खोसेर संविधान बाहिर पारेर विद्रोहको आधार तयार पारिरहेको छ । सरकार आफैँ यस्ता विशृंखलता बढाउने गतिविधिको आयोजना गरिरहेको छ ।”

उनले सरकारले गठबन्धनभन्दा बाहिर कसैको अस्तित्व स्वीकार नगरेको जिकिर गरे । लोकतन्त्रमा प्रतिपक्ष दलको नेतामाथि आक्रमण गराउने सरकार हुन नसक्ने उनले बताए ।

“सरकार गठबन्धनभन्दा बाहिर अरूको अस्तित्व स्वीकार गर्दैन । प्रतिपक्षी दलको नेतामाथि हमला गराउने प्रयत्न गरिरहन्छ,” उनले भने, “हमलाकारीलाई पक्राउ गर्दैन, समातिहाल्यो भने तत्काल छोडिदिन्छ । प्रहरीको दाँत भाँच्नेहरूलाई केही नगर्नू भनेर निर्देशन दिन्छ ।”

उनले अहिले गठबन्धनमा रहेका प्रमुख भनिएका दलका कार्यकर्ता त्यसमा संलग्न रहेको आरोप लगाए । “यस्तो काम एक ठाउँ होइन, अनेक ठाउँ भइरहेको छ । अन्य दलका नेताहरूलाई धम्क्याउने, तर्साउने, क्षति पुर्‍याउने योजना बनाइन्छ, धम्क्याइन्छ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro