site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई
फाइल तस्बिर।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले देखाएको प्रदर्शनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार सामाजिक सञ्जालमार्फत एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलिया र माल्दिभ्सविरुद्ध कीर्तिमानी जित निकालेको र भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका बताउँदै टिमलाई बधाईसहित धन्यवाद दिए ।

Dabur Nepal
NIC Asia

“१९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई । साथै, आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,” प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली टिम मंगलबार चीनको झेजाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा भारतसँग २३ रनले पराजित हुँदै पुरुष क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro