site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत । मोटरसाइकलको ठक्करबाट जाजरकोटमा एक पैदलयात्रीको मृत्यु भएको छ । 
 
जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।

रुकुमपश्चिमको आठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको छ । बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड –७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिए । 

ठक्कर दिने सवारीचालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्