site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सृजनको ‘धरतीका यमराज’ सार्वजनिक

काठमाडौं । साहित्यकार सृजन लम्सालको लघुकथाकृति ‘धरतीका यमराज’ एक समारोहका बीच सार्वजनिक गरिएको छ । १० विभिन्न कृति प्रकाशित गरिसकेका लम्सालको यो ११औँ कृति हो ।

सोमबार काठमाडौंमा स्वदेश प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेलगायतले उक्त कृति लोकार्पण गरे । घिमिरेले साहित्यमा दीर्घ साधना आवश्यक रहेको भन्दै लामो समयदेखि लम्सालले सिर्जना गर्दै आएको बताए ।

समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लम्सालको यस कृतिमा मृत्यूबोधको चिन्तन पाइने उल्लेख गर्दै कृतिका कतिपय लघुकथा छोटाकथाको रूपमा आएको टिप्पणी गरे । लम्सालको लेखनी सुन्दर भए पनि लघुकथामा पाइने झट्का कतिपय कथामा पुग्न नसकेको उनको भनाइ रह्यो ।

साहित्यकार महेश प्रसाईंले लम्सालको लेखनी परिपक्व रहेको उल्लेख गरे । उनले लघुकथा लेखनको नालीबेलीबारे चर्चा गरे ।

साहित्यकार लम्सालले कृतिको जन्मदाता कोरोना र लकडाउन भएको चर्चा गर्दै आफूले विकृति विसंगतिमाथि प्रहार गरेको बताए । कार्यक्रममा प्रकाशक संस्थाका ऋषिराम पाण्डे, साहित्यकार श्रीओम श्रेष्ठ लगायतले बोलेका थिए ।

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  २२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro