काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । असोज १२ गते काठमाडौंको लैनचौर ग्राउन्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कम्पनीले जनाएको छ ।
शिविरमा ४०० भन्दा बढी मानिसले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको कम्पनीको भनाइ छ ।
नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा सर्वसाधारणले विषेशज्ञ डाक्टरहरूबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँचलगायतका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए ।
एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरूप स्वास्थ्य शिविरको आयोजना गरेको बताएको छ ।