site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक वर्षमा ७६६ जनाविरुद्ध अख्तियारको मुद्दा, एक अर्ब ७७ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको ३३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका छन् ।

आयोगमा ९९० कर्मचारी कार्यरत छन् । अख्तियारले ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान अधिकारी दिइएको बताएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा आयोगमा विभिन्न माध्यमबाट २० हजार ९०५ वटा उजुरी परेका छन् । अघिल्लो आवबाट छानबिन बाँकी रहेका सातहजार १६२ उजुरी गरी कुल २८ हजार ६७ उजुरी थिए ।

आयोगका अनुसार सबैभन्दा बढी स्थानीय तहका मात्रै ३५.९५ प्रतिशत छन् ।

आयोगबाट १८ हजार ७९९ (६६.९८ प्रतिशत) उजुरी प्रारम्भिक छानबिनबाट फर्स्योट गरिएको छ । यीमध्ये एकहजार १३३ उजुरीउपर विस्तृत अनुसन्धान भइरहेको र सातहजार ८६९ उजुरी तामेली गरिएको र १५२ उजुरी सुझावसहित तामेली र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको अख्तियारले जनाएको छ ।

गत आवमा बाँकी ९ हजार २६८ उजुरी नयाँ आवमा सरेर प्रक्रियामा गएको आयोगले जनाएको छ ।

विस्तृत अनुसन्धान भइरहेकामध्ये ८७८ उजुरीका सम्बन्धमा आयोगबाट ९३७ पटक निर्णय भएको र १६२ वटा मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर भएको छ । यस्तै, ६५६ उजुरी तामेली र ६३ मा सुझाव दिइएको र २७ वटा फाइललाई मुलतवीमा राखेको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार विशेष अदालतमा दायर भएकामध्ये ६४ वटा गैरकानुनी लाभ हानी, घुससँग सम्बन्धित ३२ र सार्वजनिक सम्पत्तिको हानी २७, गैरकानुनी सम्पत्ति आर्जनमा १३ र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका ८ र राजस्व चुहावटका ७ र विविध ११ वटा रहेका छन् । जसमा ७६६ जनालाई प्रतिवादी बनाएर एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro