site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से झिनो अंकले बढ्यो, घट्यो कारोबार रकम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । लगातार दुई दिन उच्च अंकले घटेको नेप्से परिसूचक सोमबार झिनो अंकले वृद्धि भएको छ । लगातार दुई दिन ५१ अंकले घटेको बजार सोमबार ५.१९ अंकले बढेको हो । बजार झिनो अंकले सुधार भए पनि कारोबार रकम घटेको छ ।

यस दिन एक अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार एक अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से परिसूचक ०.२६ प्रतिशतले बढेर १९७६.२९ विन्दुमा बन्द भएको छ । कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेर कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०९ प्रतिशत र होटेल तथा पर्यतन समूहको परिसूचक ०.९२ प्रतिशत घटेको हो । सयपत्री हाइड्रोपावर र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक सेयर कारोबार हुनेमा एनआईसी एशिया बैंक लिमिटेड छ । यो कम्पनीको २१ करोड ६८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

२८६ धितोपत्रका ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro