site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केएमसीमा डाक्टर कुट्नेलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले आज काठमाडौं मेडिकल कलेज (केएमसी)को नेफ्रोलोजी ओपीडीमा कार्यरत इन्टर्न चिकित्सक मनिष खड्कामाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

"हिजो मात्र नेपाल सरकारसँग गरिएको सम्झौता मसी सुक्न नपाउँदै आज स्वास्थ्य सेवा प्रवाहका लागि खटिएको अवस्थामा चिकित्सकमाथि गरिएको अत्यन्तै अमानवीय र कायर भौतिक आक्रमणको जति निन्दा गरे पनि कमै हुन्छ," आइतबार साँझ एक विज्ञप्तिमार्फत संघले भनेको छ ।

Dabur Nepal
NIC Asia

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधनसहित) र संघसँग गएको भदौ ३१ गते भएको सम्झौताबमोजिम कडा कारबाही गर्न माग गरेको छ ।

साथै संघले काठमाडौं मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूको विरोधमा ऐक्यबद्धता जनाएको छ । 

आज दिउँसो सिनामंगलस्थित केएमसी अस्पतालमा खड्कामाथि कुटपिट भएको थियो । अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार ओपीडीमा परीक्षणका लागि आएका दुईजनामध्ये एकजनाले चिकित्सकमाथि दिउँसो १२ बजेतिर कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ मात्रै चिकित्सकमाथि कुटपिटविरुद्ध आन्दोलनरत चिकित्सक समूह र सरकारबीच ६ बुँदे सहमति भएको थियो । जसअनुसार चिकित्सकहरूको असोज ९ गतेदेखिको आन्दोलन फिर्ता भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro