अर्थ व्यवसाय

काठमाडौं । सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले चितवनमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले चितवनको भरतपुर–१०, रिजाल चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको बताएको छ ।
चितवनमा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडल बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।
गत शुक्रबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ र सीसीआईसीका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारी र सिट्रोनको लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले सोरुमको उद्घाटन गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १८:४४
प्रतिक्रिया दिनुहोस्