
काठमाडौं । एक टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसर पारेर ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार, यस भेरियन्टमा उच्च क्षमताको स्टोरेजसँगै एआई विशेषता र सहज मल्टिटास्किङ सुविधा उपलब्ध छ ।
सामसङको एआई–फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीको दाबी छ ।
स्मार्टफोनमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ मार्फत दैनिक सूचना र सार संक्षेप उपलब्ध गराउने, ‘सर्कल टु सर्च’ सुविधा, कल ट्रान्सक्रिप्ट तथा समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता सुविधा छन् ।
सामसङका अनुसार, यो भेरियन्ट बुधबार (वैशाख ३)देखि देशभरका आधिकारिक स्टोरमार्फत खरिद गर्न सकिनेछ । टाइटानियम सिल्भरब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा १२ जीबी र्याम पाइनेछ ।
सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपैयाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ । एक वर्षको लागि एकपटक ब्रेकेज इन्स्योरेन्स समेत उपलब्ध छ । साथै, पुरानो मोबाइल साटेर नयाँ एस२५ सिरिज लिन सकिने सुविधा ‘सबकोफोन’ र ‘अर्कोस्टोर’ मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।