site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्दोलन फिर्ता भएको २४ घण्टा नबित्दै केएमसी अस्पतालका चिकित्सक कुटिए

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ । नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो ।

अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार ओपीडीमा परीक्षणका लागि आएका दुईजनामध्ये एकजनाले चिकित्सकमाथि दिउँसो १२ बजेतिर कुटपिट गरेका थिए । चिकित्सकको अवस्था भने सामान्य रहेको उनले बताए ।

ओपीडीमा भिडभाड भएको र आफन्तलाई बाहिर बस्नुस् भन्दा चिकित्सकलाई कुटिएको उनले बताए ।

कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ मात्रै चिकित्सकमाथि कुटपिटविरुद्ध आन्दोलनरत चिकित्सक समूह र सरकारबीच ६ बुँदे सहमति भएको थियो । जसअनुसार चिकित्सकहरूको असोज ९ गतेदेखिको आन्दोलन फिर्ता भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro