site stats
बाह्रखरी :: Baahrakhari
देश
क्रोएसियामा मृत्यु भएका नेपालीको शव ल्याउने प्रक्रिया अघि बढ्यो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले क्रोएसियामा मृत्यु भएका एक नेपालीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री राणाले सवारी दुर्घटनामा ज्यान गुमाएका रवि महतो सुरीको शव ल्याउन प्रक्रिया सुरु भएको बताएकी हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

क्रोएसियामा गत मे ३१ मा सवारी दुर्घटनामा उनले ज्यान गुमाएका थिए । आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउन सकिएको थिएन ।

“क्रोएसियामा ३१ मेमा सवारी दुर्घटनामा मृत्यु भएका रवि महतो सुरीको शव नेपाल ल्याउन अपुग भएको रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकोले शव यथाशीघ्र नेपाल ल्याउन दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको छ,” परराष्ट्रमन्त्री राणाले बताइन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्