अर्थ व्यवसाय
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार (आज) मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
खाना पकाउने एलपी ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ ।
यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सोहीअनुसार वृद्धि गरिएको निगमले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० २१:०३
प्रतिक्रिया दिनुहोस्