site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
पोखरामा खुल्यो सिट्रोनको सोरुम

काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

बिहीबार यातायात व्यवस्था कार्यालय गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिजाल र सांग्रिला मोटर्सका असिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले सोरुम उद्घाटन गरेका हुन् ।

Dabur Nepal
NIC Asia

पोखराको नयाँ बजारमा खोलिएको नयाँ सोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री मोडल बिक्रीमा राखिएको छ ।

सिट्रोन ईसीथ्रीमा २९.२ केडबल्यूएचको ब्याट्री, ४२.५ किलोवाट मोटर पावर र १४३ एनएमको टर्क रहेको छ ।

यसको लाइभ भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यो कारमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको ब्याट्री प्याकको  वारेन्टी दिएको छ । यस्तै, गाडीको विद्युतीय मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको छ ।

फिल विथ भाइब प्याकेजसहित ३६ लाख ४९ हजार रुपैयाँमा पाईने यी गाडीहरूमा अत्याधुनिक प्रविधि र शक्तिशाली प्रदर्शनको संयोजन रहेको कम्पनीले जनाएको छ ।

सांग्रिला मोटर्सले दसैँ र तिहारको अवसरमा ग्राहकहरूलाई आकर्षक छुट, निःशुल्क सडक कर, र एक वर्षभरीको लागि निःशुल्क व्यापक बिमा लगायतका अफरहरू ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro