site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
प्यारामाउन्टले भक्तपुरमा खोल्यो एमजीको नयाँ सोरुम, १८ देखि ५९ लाखसम्मका ईभी

काठमाडौं । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले भक्तपुरको गठ्ठाघरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । 

शुक्रबार प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले सोरुम उद्घाटन गरेका हुन् ।

यससँगै नेपालभर फैलिएका १३ वटा आउटलेटको सञ्जालमा एउटा नयाँ थपिएको छ । यसले ‘एमजी ओनरसिप एक्सपेरिएन्स’ बढाउने र ग्राहकप्रतिको प्रतिवद्धतालाई झनै प्रष्ट्याउने कम्पनीले जनाएको छ ।

सोरुम उद्घाटनका क्रममा बोल्दै प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक अर्यालले “दोस्रो एमजी सोरुमको उद्घाटनले ग्राहकहरूका लागि अतुलनीय सेवा र महत्वपूर्ण ‘अनरसिप अनुभव’ प्रदान गर्ने प्रतिबद्धतालाई प्रष्ट पारेको,” बताएका छन् । कम्पनीले बिक्री पश्चताको सेवा र सपोर्टका लागि आफ्नो प्रतिवद्धता थप बढेको बताएको छ ।

हाल एमजीले कमेट ईभी, एमजी४ ईभी र एमजी जेडएस ईभी उपलब्ध रहेको जनाएको छ ।

दुई भेरियन्टमा रहेको कमेट ईभीको पेस भेरियन्टको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ भने, प्लेको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै, एमजी४ ईभी कम्फर्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ भने, लक्जरीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै, एमजी जेडएस डिलक्सको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले हाल देशभर एसी र डीसी गरी १९ वटा एमजी चार्जिङ स्टेसन रहेको र सन् २०२३ को अन्त्यसम्म चार्जिङ स्टेसनको संख्या ५० पुऱ्याउने लक्ष्य रहेको बताएको छ । यी स्थानमा गाडीलाई ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro