site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नीति तथा कार्यक्रममा सरकारको निराशापन देखियो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नीति तथा कार्यक्रममा सरकारको निराशापन देखिएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा अध्यक्ष लिङदेनले अंकगणितको हिसाबले सरकार बलियो देखिए पनि नीति तथा कार्यक्रममा सरकारको कुनै उत्साह नदेखिएको र यसमा निराशापन मात्रै देखिएको टिप्पणी गरेका हुन् ।

उनले सरकारलाई सरकार मात्रै नभइ अहिलेको व्यवस्था नै अनिश्चित छ भन्ने लागेको बताए । गणतन्त्र र संविधानमा भएका कतिपय व्यवस्थाको विरुद्धमा फरक मत राखेर राजनीति गर्न कसैलाई प्रतिबन्ध लगाउने गरी कानुन बनाउन संविधानले नै निषेध गरेको उल्लेख गरे ।

लिङदेनले आफूहरूको विरोध र प्रतिबन्ध लगाउने भन्दा पनि गणतन्त्रप्रति जनतामा आशा जगाउने काम गर्न सुझाव दिए ।

उनले फजुल खर्चको कारक नै प्रदेश संरचना भएकाले यसलाई खारेज गर्नुपर्ने र सबै अटाउने मौलिक व्यवस्था गर्नुपर्ने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro