राजनीति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गभर्नर भन्ने पद कुनै दलको नहुने बताएका छन् । सरकारले उपयुक्त समयमा उपयुक्त पात्रलाई नियुक्त गर्ने उनले जानकारी दिए ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको उनको दाबी छ । केही दिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने उनले बताए ।
शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि यो विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन् ।
फरक प्रसंगमा बर्तौलाले संविधानविपरीत गतिविधि गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२ १७:१३
प्रतिक्रिया दिनुहोस्