देश

काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल बिहीबार राति अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४, पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्