site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज पक्राउ परेका सयुजले भनेका थिए– हाम्रो कुटाइबाट प्रेम चलाउने रक्ताम्मे भएर भुइँमा ढले
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका एक अभियुक्त साढे दुई वर्षपछि पक्राउ परेका छन् । उच्च अदालत पाटनको आदेशको अवज्ञा गरेर फरार भएका सयुस भन्ने सयुज श्रेष्ठलाई प्रहरीले आज रातोपुलबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटले ०७७ फागुन १३ गते अभियुक्तहरूलाई धरौटी र अन्तरिम क्षतिपूर्ति दिन आदेश गरेको थियो । पछि उच्च अदालतको आदेश कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतले ०७८ शाख १७ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार थिए ।

आज प्रहरीले रातोपुलस्थित एक चिया पसलबाट उनलाई पक्राउ गरेको हो । उनलाई अहिले महानगरीय प्रहरी परिसरमा काठमाडौंमा राखिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रहरीसँगको बयानका क्रममा श्रेष्ठले आफूले चलाउनेमाथि आक्रमण गरेको स्वीकारेका थिए । चलाउनेमाथि ०७७ असोज २० गते त्रिवि परिसरमै आक्रमण भएको थियो । आक्रमणको केही दिनपछि प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको थियो ।

उनले प्रहरीसँगको बयानमा आफूहरूको कुटाइबाट चलाउने रक्ताम्मे भएर लडेको आफू भागेको बताएका थिए ।

Royal Enfield Island Ad

"म पनि सो बखत त्यहीँ थिएँ भने मैले १/२ पटक मुक्का लात्तीले निजलाई हानेको हुँ । जाहेरवाला प्रेम चलाउनेलाई गोल गिड भएको बाँसले प्रहार गर्दा बाँस फुटी टुक्रा (भाटा) आएको हो । निज रूपेश साह, रविनकुमार लामा, म स्वयं र एफजेट मोटरसाइकलमा आएका अन्य दुईजना नचिनेको व्यक्तिहरूसमेत पाँचजनाले कुटपिट गर्दा जाहेरवाला रक्तामे भई भुइँमा ढलेकाले बाटोमा आवतजावत गर्ने व्यक्तिहरूले हामीहरूलाई हेर्न थालेको हुँदा निजहरूले घेरा हाली समाउँछन् कि भन्ने डर लागेकाले मलगायत निरज रानामगर, रविनकुमार लामा र रूपेश साह सो ठाउँबाट भागी हिडेका हौँ," उनले बयानमा भनेका थिए ।

हेर्नुहोस् पूरा बयान

Sayuj-ko-Bayan_page-0001-1695916191.jpg

Sayuj-ko-Bayan_page-0002-1695916191.jpg

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro