site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेमाथि 'आक्रमण गर्ने' सयुज श्रेष्ठ साढे दुई वर्षपछि पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका एक अभियुक्त साढे दुई वर्षपछि पक्राउ परेका छन् । उच्च अदालत पाटनको आदेशको अवज्ञा गरेर फरार भएका सयुस भन्ने सयुज श्रेष्ठलाई प्रहरीले आज रातोपुलबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटले ०७७ फागुन १३ गते अभियुक्तहरूलाई धरौटी र अन्तरिम क्षतिपूर्ति दिन आदेश गरेको थियो । पछि उच्च अदालतको आदेश कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतले ०७८ शाख १७ गते पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार थिए ।

आज प्रहरीले रातोपुलस्थित एक चिया पसलबाट उनलाई पक्राउ गरेको हो । उनलाई अहिले महानगरीय प्रहरी परिसरमा काठमाडौंमा राखिएको छ ।

उच्च अदालतले उनीहरूलाई जनही पाँच लाख धरौटी र एक लाख अन्तरिम क्षतिपूर्तिको आदेश दिएको थियो ।

प्रहरीसँगको बयानका क्रममा श्रेष्ठले आफूले चलाउनेमाथि आक्रमण गरेको स्वीकारेका थिए ।  

अर्का अभियुक्त सिरहाका गोलबजारका रविनकुमार लामा अझै फरार छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro