site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिँडेरै इन्द्रजात्रामा जाने राष्ट्रपतिको तयारी 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रामा सहभागी हुन हिँडेरै जाने तयारी गरेका छन् । सर्वसाधारणको भीडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै उनले हिँडेरै जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, राष्ट्रपतिलाई सुरक्षा चुनौती हुने भन्दै नेपाली सेनाले भने त्यसो नगर्न आग्रह गरेको छ । विशेष सुरक्षासहित गाडीमै वसन्तपुर जानुपर्नेमा सेनाको जोड छ ।

राष्ट्रपति पौडेलले आफू सर्वसाधारणसँगै हिँडेर त्यहाँसम्म पुग्ने र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अडान राखेका छन् । सुरक्षासहित आफू सवार गाडी जुद्धसालिकमा रोकेर हिँडेर जात्रास्थलमा पुग्ने राष्ट्रपतिको अडान छ ।

उनले आफू सर्वसाधारणको छोरा भएकाले सुरक्षा ‘थ्रेट’ नहुने बताएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति पौडेलले आज इन्द्रजात्रा अवलोकन गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro