site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
हाइड्रोपावरलाई आईपीओमा कडाइ : ५० प्रतिशत काम सम्पन्न भएको प्रमाणित बैंकले गर्नुपर्ने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गरेको छ । 

नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो । 

अब आईपीओ निष्कासन गर्ने हाइड्रोपावर कम्पनीहरूले आफूले ऋण लिएका बैंकबाट भौतिक पूर्वाधारको प्रगति कम्तीमा ५० प्रतिशत सम्पन्न भएको प्रमाणित गर्नुपर्ने निर्णय गरेको छ । 

Agni Group

त्यस्तै, कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्नेछ । तर, जलविद्युत् कम्पनीहरूले भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेस गरेपछि मात्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रदान गर्ने सहमति भएको छ ।

आईपीओ निष्कासनबाट प्राप्त भएको रकम जलविद्युत् कम्पनीहरूले बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालु परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिवद्धता बोर्डमा पेस गर्नुपर्नेछ ।

Global Ime bank

जलविद्युत् कम्पनीले नेटवर्थ चुक्तापुँजीभन्दा कम भयो भने पनि हकप्रद सेयर निष्कासन गर्न नपाउने सहमति भएको छ । यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागु हुने बताइएको छ । हाल बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ ।

जलविद्युत् कम्पनीले प्रारम्भिक निष्कासनका बखतकै परियोजनामा थप लगानी गर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्नुपर्ने अवस्था भएमा हालको व्यवस्था लागु हुने पनि सहमति भएको छ । हकप्रद सेयर निष्कासन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुई पटकमा उठाउन सक्ने व्यवस्था गरिएको छ ।

जलविद्युत् कम्पनीको नियमावलीको व्यवस्था अनुरुपको लकइन अवधि सकिएपश्चात् संस्थापकको रूपमा रहेका सेयरधनीले सेयर बिक्री गर्नका लागि कम्पनीले अनिवार्य रूपमा विद्युत्को व्यापारिक उत्पादन हुनुपर्ने छ ।

त्यस्तै, जलविद्युत् कम्पनीको संस्थापक समूह लगायतका आधारभूत सेयरधनीले ग्रहण गरेको सेयरको लकइन अवधि खुलेको कम्पनीको वेबसाइट तथा कम्तीमा एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी लगानीकर्तालाई समेत जानकारी दिनुपर्नेछ । 

यो जानकारी बोर्ड तथा धितोपत्र बजारलाई दिनुपर्नेछ । साथै कम्पनीले सूचना प्रकाशन गरेको १५ दिनपछि मात्र सेयर कारोबार सुरु गर्न सकिने सहमति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
विरोध प्रदर्शनमा प्रहरी व्यवहार
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu