site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आवासीय चिकित्सक सडकमा उत्रिएपछि चिकित्सक संघले बोलायो विस्तारित बैठक
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशभरका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि नेपाल चिकित्सक संघ (एनएमए)ले विस्तारित बैठक आह्वान गरेको छ । 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि लगातारजसो भइरहेका आक्रमणका घटनाका सम्बन्धमा छलफल गर्न एनएमले बुधबार दिउँसो १ बजे बैठक आह्वान गरेको हो ।

छलफलका लागि आन्दोलनरत पक्ष, अस्पताल अध्यक्षहरूलगायत सरोकारवालाहरूलाई बोलाइएको छ । बैठकमा कार्यस्थलमा सुरक्षा तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनका सम्बन्धमा छलफल गरिने एनएमए अध्यक्ष डा. अनिल विक्रम कार्कीले बताए ।

पटक–पटक चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपपिटका घटना दोहोरिएपछि कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी, पीडकलाई कारबाही लगायतका माग गर्दै देशभरका आवासीय चिकित्सक यतिखेर आन्दोलनमा छन् ।

nma-1695795048.jpg

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro