site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसीमा डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार संक्रमित
फाइल तस्बिर

झापा । डेंगी संक्रमणबाट कोसी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ । ३० हजार ३३० जना संक्रमित भएका छन् ।

तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ । १९ हजार ४३२ जना संक्रमति भएको कोसी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईंको भनाइ छ । 

कोसी प्रदेशको १४ जिल्लामै डेंगी फैलिएको छ । उनका अनुसार मोरङमा चार हजार २४२ जना संक्रमित छन् भने एकजनाको मृत्यु भएको छ । झापामा दुई हजार ९६४ जना संक्रमित भएका छन् भने दुई जनाको मृत्यु भएको उनको भनाइ छ । उदयपुरमा पनि एकजनाको मृत्यु भएको छ ।

गर्मी र बर्खायाममा डेंगी फैलिने गरेको छ । डेंगीका अधिकांश बिरामी दुई महिनाभित्र फेला परेका हुन् । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापालगायत अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालमा डेंगीका बिरामीको उपचार भइरहेको छ ।

साउनदेखि हालसम्ममा तेह्रथुममा २११, पाँचथरमा ३३८, इलाम ५३५, उदयपुर ८१६, धनकुटामा ४३२, भोजपुरमा ३३१, संखुवासभा ८६७, ओखलढुंगामा ४०, ताप्लेजुङमा ३३,  खोटाङमा ४५, सोलुखम्बुमा २० जना डेंगीका बिरामी फेला परेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार तीव्र ज्वरो आउनु डेंगीको लक्षण हो । खानामा स्वाद थाहा नहुनु, टाउको दुख्नु, गम्भीर अवस्थामा आँखा र नाकबाट रगत बग्नुजस्ता लक्षण डेंगीका बिरामीमा देखिन्छन् । रासस 

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro