site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको अपानि विवाद : संशोधन गरेर अर्को पठाइने
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अन्तरपार्टी निर्देशन (अपानि)–११ को विवाद समाधान गर्ने तयारी भएको छ ।

केन्द्रीय कमिटीको छैटौँ र सचिवालय बैठकको निर्णय समेटेर जारी गरेको अपानिले पार्टीमा विवाद निम्याएको थियो ।

अपानि संशोधन गरेर पठाउने तयारी भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । अपानिमा छुटेका विषय समेटिने उनले बताए ।

“परिमार्जित गरेर जारी गर्ने तयारी गरेका छौँ,” उनले भने, “छुटेका, नमिलेका कुरा मिलाइन्छ । गृहकार्य नपुगेको विषयमा गृहकार्य गरेर अर्को जारी गर्छौँ ।”

सोमबार अर्को अपानि पठाउने तयारी रहेको उनले बताए ।

११औँ अपानि जारी भएपछि दुईजना केन्द्रीय सदस्यले पार्टी छाड्ने घोषणा गरेका थिए । त्यस्तै, अधिकांश नेताहरुले असन्तुष्टि जनाएका थिए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रुपमै असहमति प्रकट गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro