site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरजग्गामा पहुँच बढाउँदै महिला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सबैभन्दा महँगो जग्गा काठमाडौं उपत्यका भित्र छ । 

काठमाडौं उपत्यकाभित्र काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला पर्छन् । यो सहर देशभरिबाट आउनेको सपनाको सहर पनि हो । किनभने जे छ, यही सहरमा छ । 

एउटा कोठाको भाडा नै यो सहरमा १० हजारदेखि १५ हजारसम्म पर्छ । काठमाडौंको कुनै एक स्थानमा घर बनाएर भाडामा दिन पाए उसको आय राम्रो हुन्छ । त्यसैले पनि जो कोही काठमाडौं उपत्यकामा घरजग्गा खरिद गर्न चाहन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै व्यावसायिक खरिद–बिक्रीका लागि पनि बढी घर–जग्गाको कारोबार काठमाडौं उपत्यकामा हुने गरेको छ ।  यसरी खरिद–बिक्री गर्न महिलाको नाममा नै कारोबारीले बढी जग्गा दर्ता गर्ने पाइएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, काठमाडौं उपत्यकामा पुरूषको भन्दा बढी जग्गा दर्ता महिलाको नाममा हुने गरेको छ । 

Global Ime bank

बढ्दै महिलामा जग्गाको पहुँच 

पछिल्लो तीन वर्षको काठमाडौं जिल्लाको तथ्यांक हेर्दा महिलाको नाममा बढी जग्गा दर्ता भएको देखिन्छ ।  विभागले अंग्रेजी मितिअनुसार तथ्यांक राख्ने गरेको छ ।  चालु आर्थिक वर्षको अगष्टसम्म काठमाडौं जिल्लामा मात्र तीन लाख ११ हजार ९१६ महिलाको नाममा घरजग्गा दर्ता भएको छ ।

त्यस्तै, गत वर्ष २०२२ को अन्त्यसम्ममा तीन लाख एक हजार ६६१ जना महिलाको नाममा जग्गा दर्ता भएको देखिन्छ ।  त्योभन्दा अघिल्लो वर्ष २०२१ मा भने दुई लाख ८२ हजार ६९८ जना महिलाको नामा जग्गा दर्ता भएको विभागको तथ्यांक छ । 

२०२१ र २०२२ मा कोभिडले गर्दा घरजग्गा कारोबारलाई प्रत्यक्ष प्रभाव पारेका कारण घरजग्गा कारोकार कम हुन पुगेको थियो ।  तर, पनि कारोबार भएकोमध्ये सबैभन्दा बढी महिलाको नाममा नै भएको देखिन्छ ।  २०२१ मा कुल पाँच लाख ५९ हजार ४३ जनाको नाममा जग्गा कारोबार भएको थियो । 

जसमा दुई लाख ७६ हजार ३४५ जना पुरुषको नाममा जग्गाको कारोबार भएको थियो ।  त्यस्तै २०२२ मा कुल पाँच लाख ९० हजार ७०९ जनामा जग्गाको कारोबार भएकोमा दुई लाख ८९ हजार ४८ जना पुरुषको नामा घरजग्गा कारोबार भएको थियो । 

यो वर्ष तीन लाखभन्दा बढी महिलाको नाममा जग्गा दर्ता भएको विभागको तथ्यांक छ ।  चालु वर्ष २०२३ को अगष्टसम्म कुल ६ लाख आठ हजार ६५० जनामा जग्गाको कारोबार भएको छ ।  जसमा दुई लाख ९६ हजार ७३४ जना पुरुषको नाममा जग्गा दर्ता छ । 

महिलाका नाममा घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ ।  महिलाका नाममा समेत घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजस्वमा ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । 

यसले गर्दा अधिकांश जग्गा महिलाको स्वामित्वमा रहेको विभागका एक अधिकारी बताउँछन् ।  कर रकम जोगाउन जग्गा कारोबार गर्नेहरूले महिलाको नाममा जग्गा दर्ता गराउने गरेएको ती अधिकारी बताउँछन् । 

कतिपयले भने महिलाको नाममा जग्गा दर्ता गराएरपछि ऐनमा भएको व्यवस्था अनुसार दस्तुर तिरेर पछि श्रीमान्–श्रीमतीको सगोलमा दर्ता गर्ने गरेका छन् । यसरी दर्ता गर्दा परिवारलाई फाइदा हुने उनको भनाइ छ । 

*सच्याइएको 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !