-1695538912.jpg)
काठमाडौं । एनआईसी एसिया बैंकको २६औँ वार्षिक साधारणसभा असोज २८ गते हुने भएको छ ।
गत शुक्रबार सम्पन्न बैंकको सञ्चालक समितिको बैंकले आगामी असोज २८ गते बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।
उक्त सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले सेयर दाखिल खारेज दर्ता बन्द (बुक क्लोज) असोज १६ देखि २८ गतेसम्म राख्ने जानकारी दिएको छ । असोज १५ गतेसम्म कायम सेयरधनीले बैंकले दिने बोनस सेयर र नगद लाभांश प्राप्त गर्नेछन् ।
एनआईसी एसिया बैंकले ३६० शाखा कार्यालय, ६१३ एटीएम, १०९ वटा विस्तारित काउन्टर तथा ६१ वटा शाखारहित कार्यालयमार्फत सेवा दिँदै आएको छ ।