site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ : सभामुख
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० नियमित प्रक्रियाबाट अघि बढ्ने बताएका छन् । 

आयरल्यान्डको भ्रमण सकाएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भव भए सहमति नभए प्रक्रियामा लगेर टुंगो लगाउने बताए । 

“विधेयक नियमित प्रक्रियाबाट अघि बढ्छ,” उनले भने, “विधेयकलाई छलफल गर्ने, बहस गर्ने सहमति खोज्ने विषयलाई सहमति गरेर टुंगो लगाउने सहमति नभएका कुराहरूलाई प्रक्रियाबाट टुंगो लगाउने भूमिका रहन्छ ।”

विधेयकको विरोधमा देशभरका शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेका थिए । शुक्रबार सरकार र शिक्षक महासंघबीच ६ बुदे सहमति भएको छ । 

भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर, त्यहाँका राष्ट्रपति माइकल डी हिगिन्सलगायत उच्चपदस्थ व्यक्तित्वसित शिष्टाचार भेट गरेको बताए ।

त्यसक्रममा नेपाली विद्यार्थीका लागि सहज भिसा र छात्रवृत्तिको व्यवस्था, क्यान्सरलगायत रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधिसहितको सहयोगबारे, एकार्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे छलफल भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro