विदेश
काठमाडौं । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले गोलान हाइट्स र डोनबास क्षेत्रबारे अमेरिकाले दोहोरो मापदण्ड बनाएको भन्दै निन्दा गरेका छन् । उनले रुसको सुरक्षाका लागि डोनबास धेरै नै महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
युक्रेनमा भ्लोदिमिर जेलेन्स्की सत्तामा र युक्रेन नाटोमा रहेसम्म रुसमा खतरा निम्तने उनले बताए । डोनबास कब्जामा लिनु रुसका लागि अति आवश्यक रहेको उनले जिकिर गरे ।
उनले गोलान इजरायलको सुरक्षाका लागि धेरै नै महत्त्वपूर्ण रहेको बताए । सिरियामा बसार अल असद जबसम्म सत्तामा रहन्छन्, तबसम्म यो समस्या नटर्ने उनको भनाइ छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्