site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्करीका काण्डहरू चलाएको यो सरकारले देश बनाउन सक्दैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्डहरु चलाएको यो सरकारले देशको विकास गर्न नसक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए ।

देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनले जिकिर गरे । अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे ।

देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए । ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे ।

मुलुकको अवस्था नाजुक रहेकाले सबै नागरिकले सोच्नुपर्ने बेला आएको भन्दै ओलीले परिवर्तनका लागि नागरिकहरु नै अग्रसर हुनुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro