site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख ९१ हजार
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । सोमबार (वैशाख ८) छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । यही वैशाख ४ गते छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदै उच्च मूल्य कायम भएको थियो ।

आइतबार (वैशाख ७) भने छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको महासंघले जनाएको छ ।

चाँदी भने आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro