site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताएका हुन् ।

उनले राष्ट्रिय रूपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए । देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । 

उनले भने, "अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ । चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो । त्यसबारेमा छलफल चलिरहेको छ । राष्ट्रिय रूपमा नै जुन जटिलता खडा भइरहेको छ, अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्को जातलाई काट्छु भनेर खुकुरी देखाउँदा सरकार मौन रहने स्थिति छ, यसले जटिलता थपेको छ ।"

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro