site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरम नपुग्दा अर्थ समितिको बैठक स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बिहीबार कोरम नपुगेका कारण बस्दै नबसी स्थगित गरिएको छ । नियमावलीअनुसार बैठक सुरु हुने निर्धारित समयभन्दा पछाडि एक घण्टा मात्र कुर्न मिल्छ ।

बिहान ११ बजेका लागि डाकिएको बैठकमा मध्याह्न १२ बज्दासम्म ११ जना मात्र उपस्थित भएका थिए । सोही कारण बैठक रोकिएको हो ।

समितिका सभापति सन्तोष चालिसेले केही सदस्य उपत्यकाबाहिर रहेको र धेरैजना शिक्षक आन्दोलनको जामका कारण आउन नसकेकाले कोरम नपुगेर बैठक स्थगित गर्नुपरेको जानकारी दिए । उनले सल्लाह गरेर केही दिनभित्रै बैठक राखिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro