site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्वस्वसहित जन्मकैद भएका गुन्डानाइके रिगललाई राष्ट्रपतिले दिए आममाफी

काठमाडौं । संविधान दिवस २०८० को अवसरमा बुधबार ६७० कैदीबन्दी छुटे । राष्ट्रपति रामचन्द्र पौडेलले फौजदारी कसुरमा जेल जीवन भुक्तान गरिरहेका उनीहरूलाई आममाफी दिएपछि उनीहरू जेल मुक्त भएका हुन् ।

यसरी जेल मुक्त हुनेहरूमा जघन्य अपराधमा जेल बसेकाहरू समेत छुटेको खुलेको छ । त्यसमध्ये एकजना गुन्डागर्दीका रूपमा चर्चित नाम नेपालगन्जका योगराज ढकाल उर्फ रिगल पनि छुटेका छन् ।

रिगल  व्यक्ति हत्या प्रकरणमा दोषी ठहर भई सर्वस्वसहित जेल जीवन भोगिरहेका अपराधी हुन् । उनी राष्ट्रपतिले आममाफी दिएपछि बुधबार छुटेका छन् । कानुनतः फौजदारी कसुरअन्तर्गत हिंसासम्बन्धी सजाय तोकिएकाको हकमा कैद मिनाहा गर्न नमिल्ले उल्लेख छ ।

Dabur Nepal
NIC Asia

तर, रिगलको हकमा राष्ट्रपतिले सो व्यवस्थालाई लत्याउँदै आममाफी दिएका छन् । उनी पछिल्लो समय दाङस्थित घोराही कारागारमा सजाय भोगिरहेका थिए ।

यसअघि रिगल मकवानपुरको भीमफेदी कारागार हुँदै सुन्धारास्थित केन्द्रीय कारागार पुगेका थिए । व्यक्ति हत्यामा दोषी ठहर भइ सर्वस्वसहित जेल पुगेका रिगल ५० प्रतिशत समेत नबसी आममाफी पाउनुको अन्तर्य भने नेपाली कांग्रेससँग जोडिन्छ ।

रिगललाई नेपाली कांग्रेसका नेताकै दबाबमा राष्ट्रपतिले माफी दिएका हुन् । उसो त उनी जेल पर्नुअघि पार्टीको तरुणदल विभागमा सक्रिय थिए ।

आश्चार्यको कुरा ढकाललाई दाङदेखि नेपालगन्जसम्म कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेको देखिन्छ । रिगललाई पार्टीको कार्यकर्ताले स्कर्टिङ गरेको भिडियो सामाजिक सञ्जालभरी भाइरल भएको छ । 

रिगलले २८ असार २०७२ सालमा नेपालगन्जको धम्बोझीचोकमा २९ वर्षीय चेतन मानन्धरको खुडा प्रहार गरेर हत्या गरेका थिए । सोही अभियोगमा उनलाई जिल्ला अदालत बाँकेले २०७६ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थिया ।

रिगलका अन्य सहयोगी १२ जनालाई समेत तीन देखि १२ वर्षसम्म कैद सजाय सुनाएको थियो । तर, हत्याका मुख्य व्यक्ति रिगल माफी पाएर छुटेका छन् ।

प्रहरीले गुण्डागर्दी गर्नेमाथि काठमाडौंमा इन्काउन्टर गर्न थालेपछि २०७२ भदौमा उनले अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

उनी नेपाली कांग्रेसको तरुणदलमा सक्रिय थिए । प्रहरी स्रोतका अनुसार उनी २०७४ मा प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैटेका सहयोगी समेत हुन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro