काठमाडाैं । डिशहोम फाइबरनेटले 'कनेक्सनको दोब्बर उत्सव' अफर ल्याएकाे छ । यसअन्तर्गत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले डबल ब्यान्डविथको इन्टरनेट कनेक्सन पाउने कम्पनीले जनाएकाे छ ।
जस्तै ५० एमबीपीएसको पैसा तिरेर इन्टरनेट प्याकेज लिँदा १०० एमबीपीएसको इन्टरनेट कनेक्सन प्राप्त हुनेछ ।
योजनाअन्तर्गत कम्पनीले ५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथको इन्टरनेट पुरानै ५० एमबीपीएसको मूल्य ७ हजार ८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने जनाएकाे छ ।
यस्तै, ७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथको इन्टरनेट ७५ एमबीपीएसको मूल्यमा ८ हजार ७५९ (भ्याट वाहेक) मा जडान गर्न सकिनेछ ।
१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथको इन्टरनेट १०० एमबीपीएसको मूल्य ९ हजार ६९८ (भ्याट वाहेक) मा जडान गर्न सकिनेछ ।
१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथको इन्टरनेट १५० एमबीपीएसकै मूल्यमा ७ हजार ८९८ (भ्याट वाहेक) मा जडान गर्न सकिने कम्पनीले जनाएकाे छ ।
डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाका लागि नजिकैको डिलर वा ग्राहक सेवा केन्द्र ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।