site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘यामाहा राइड टू मोटोजीपी’ टोली भारतको यात्रामा

काठमाडौं । ‘यामाहा राइड टू मोटोजीपी’ योजनाअन्तर्गत ९ जना बाइक र मोटोजीपी भारतको अवलोकन गर्ने यात्रामा लागेका छन् ।

यस बहुप्रतिक्षित ईभेन्ट मोटोजीपी इन्डिया २४ सेप्टेम्बरदेखि बुद्ध सर्किट नोएडामा हुने भएको छ ।

राइडर्सको टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिने र २७ सेप्टेम्बरमा काठमाडौं फर्किने यामाहाले जनाएको छ ।

यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रर्वधन गर्न निरन्तर रूपमा काम गरिरहेको जनाएको छ ।

यामाहा नेपालले यामाहा मालिकलाई मोटोजीपीको प्रत्यक्ष अवलोकनमा सहभागी हुन आव्हान गरेको थियो ।

यसका लागि छानिएका राइडरहरूमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का रहेका छन् भने मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेको कम्पनीले जनाएको छ ।

एमएडब्लू इन्टरप्राइजेजको टुह्विलर डिभिजनका सीईओ राजु क्षेत्रीले सीमित सिट भएकाले न्यून राइडर छनोट गर्न सकेको बताएका छन् ।

मोटोजीपी केही दक्ष राइडर र अत्याधुनिक मेसिन सहितको संसारकै सबैभन्दा प्रतिष्ठित मोटरसाइकल रेसिङ च्याम्पियनसिपमध्ये एक हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro