site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदीप नेपाल खुलापनको पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । 

समवेदना पठाउँदै राष्ट्रपति पौडेलले नेपाललाई भिन्न मतहरूलाई प्रस्ट ढंगले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनको पक्षपोषण गर्ने नेताका रूपमा चित्रण गरेका छन् । 
 
विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालीन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रूपमा आफूले महसुस गरेको राष्ट्रपतिले उल्लेख गरेका छन् । 

Argakhachi Cement Island Ad

राजनीतिमा आउनुअघि नै सञ्जय थापाका नामबाट  नेपालले प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसकेको भन्दै राष्ट्रपतिले उनी विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने इमानदार र निष्ठानवान् वामपन्थी भएको बताए । 

राष्ट्रपति पौडेलले समवेदनामा भनेका छन्, “उनका ‘नओइलाउने फुल’ (उपन्यास), ‘आकाश गंगाको तीरैतिर’ (उपन्यास), ‘देउमाइको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण)सहितका सिर्जना भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु ।”  

राष्ट्रपति पौडेलले नेपालको निधनले लोकतान्त्रिक आन्दोलन तथा नेपाली साहित्यको क्षेत्रमा क्षति पुगेको आफूले महसुस गरेको उल्लेख गरेका छन् । 

उक्त समवेदना सन्देश शुक्रबार नेपालको निवास काँडाघारी पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले हस्तान्तरण गरे । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्