site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यक्तिको कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर अपव्याख्या गरिँदै छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले व्यक्तिको कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भइरहेकोतर्फ सचेत गराए ।

“कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ,” उनले भने ।

राष्ट्रपति पौडेलले राजनीतिकरूपमा जनताको सर्वोत्तम उपलब्धि नै गणतन्त्र भएको व्याख्या गरे ।

“राजनीतिकरूपमा जनताको सर्वोत्तम उपलब्धि 'गणतन्त्र' हामीले प्राप्त गरेका छौँ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ । गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ,' पौडेलले भने । 

सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको बताउँदै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताए । 

तर व्यवस्था परिवर्तन भए पनि समाज र जनसामान्यको अवस्थामा अझै परिवर्तन हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro