site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीले महिन्द्रलाई मात्र पत्र पठाएपछि बाबुराम निकट भन्छन्–पार्टी विभाजन गर्न खोजियो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी एकताका विषयमा नेपाल समाजवादी पार्टी (नेसपा)का एक अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै पत्र पठाएपछि अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरूले आपत्ति जनाएका छन् । 

गएको भदौ ३० गतेको मितिमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव देव गुरुङले यादवलाई सम्बोधन गर्दै पार्टी एकताका विषयमा नाम फेर्न तयार रहेको भन्दै पत्र पठाएका छन् । त्यो विषयमा महाधिवेशनमा छलफल गरिने जानकारी गराइएको छ ।

“यही भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरूको बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ट भित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीका लागि पत्राचार गरिएको छ,” पत्रमा भनिएको छ । 

Dabur Nepal
NIC Asia

पहिलो वरीयताका डा. भट्टराईलाई बाइपास गरेको उनी निकटस्थ बताउँछन् । मंसिर ४ को निर्वाचनमा नेसपा संयुक्त रूपमा माओवादीको चिह्नमा होमिएको थियो । 

दुई पार्टीबीच एकताका लागि केही समययता छलफल पनि भइरहेको छ । नेसपाले पनि एकताका लागि कार्यदल बनाएको थियो । सह–अध्यक्ष गंगानारायण श्रेष्ठ नेतृत्वको कार्यदलले आफ्ना प्रस्तावहरू पनि पठाएको थियो । तर, माओवादीले त्यसबारे कुनै निर्णय गरेको थिएन । 

अहिले केन्द्रीय कार्यालयमार्फत भट्टराईलाई बेवास्ता गर्दै सरकारका खानेपानीमन्त्री समेत रहेका यादवलाई मात्रै पत्र पठाएको छ । यादवलगायत नेताहरू माओवादीसँग मिलिहाल्नुपर्ने पक्षमा छन् । 

पार्टी एकताका लागि डा. भट्टराईले सक्रियता देखाएका छैनन् । पार्टीमा मिसिनेभन्दा पनि बलियो भएर जानुपर्ने उनको मत छ । अहिले यादवलाई पत्र पठाएर पार्टी विभाजनको रेखा कोर्न खोजेको आरोप भट्टराई पक्षको छ । 

डा. भट्टराई निकट केन्द्रीय कार्यकारिणी सदस्य जनक शाह पार्टी विभाजनका लागि प्रयास गरिएको हुनसक्ने आशंका गर्छन् ।

“हामीले एकताका लागि कार्यदल नै बनाएर प्रस्ताव पठाएका थियौं । कार्यदलको संयोजक गंगानारायण श्रेष्ठ हुनुहुन्थ्यो । कार्यदलका संयोजकलाई नपठाएर किन एक अध्यक्षलाई मात्रै पठाइयो ? यसले आशंका जन्माएको छ । पार्टी विभाजनका लागि प्रयास भएको जस्तो देखिन्छ,” उनी भन्छन् । 

अध्यक्ष यादवलाई पठाएको पत्र पार्टी कार्यालयमा पनि नपुगी सामाजिक सञ्जालबाट बाहिरएको उनी बताउँछन् । 

शाहका अनुसार डा. भट्टराई अहिले पार्टीको कार्यक्रमका कारण भारतमा छन् । उनी फर्किएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने तयारी भएको छ । 

“अहिले पार्टीको कार्यक्रमका लागि उहाँ भारतमा हुनुहुन्छ । उहाँ फर्किएपछि के भएको हो भन्नेबारे बैठक बस्छौँ,” उनले बाह्रखरीसँग भने । 

माओवादीका सचिव देवेन्द्र पौडेल डा. भट्टराईसँग एकताको कुरा पटक–पटक भएको बताउँछन् । एकताका लागि खुला रहेकाले उनलाई पनि पत्र पठाइने बताए । 

“उहाँ (बाबुराम भट्टराई) सँग त भेट भएको छ नि । कुराकानी भइरहेको छ । पार्टी एकताका लागि खुल्ला छौँ । हामी उहाँलाई पनि पत्र पठाउँछौँ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro