site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन असोज ५ र ६ गते हुने

काठमाडौं । चौथो मिस्टर बुल्समेन राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यही असोज ५ र ६ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोजक बुल्समेन क्लबले प्रतियोगिता असोज ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने जनाएको हो ।

प्रतियोगिताको पुरुषतर्फ कुल सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष बडी विल्डिङतर्फ ५५ किलो, ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो, ८० किलो र ८० किलोभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने संघका सचिव उदिम गुरुङले बताए । पुरुष फिजिकमा भने १७० सेन्टिमिटरभन्दा माथि र तल गरी दुई समूहमा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ वेल्नेस र फिजिक दुवैमा खुला प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहका विजेताले समान ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

फिजिकमा पुरुष र महिला दुवैतर्फका विजेताले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, बडी विल्डिङको ओभरअल च्याम्पियनले पाँच लाख रुपैयाँ प्राप्त गर्ने सचिव गुरुङले बताए ।

प्रतियोगिताका लागि कुल ६५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । सचिव गुरुङले प्रतियोगिताका लागि खेलकुदसम्बन्धी निकायबाट कुनै सहयोग नभएको र सबै खर्च आयोजकले नै व्यवस्था गरेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro