site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार सहरमा एनसेलको तिज विशेष कार्यक्रम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका चार सहरमा तिजको अवसर पारेर सांगीतिक कार्यक्रम गरेको छ । कम्पनीले स्थानीय समुदायसँगै हरितालिका तिज पर्व मनाएको हो ।

कम्पनीको १८औँ वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ भन्ने नारासहित साथ आयोजना गरिएको थियो । 

एनसेलको वार्षिकोत्सव र तिजको अवसरमा गत सोमबार एनसेलले देशका चार सहरहरू सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तिज कार्यक्रम आयोजना गरेको हो । स्थानीयहरूको सहभागिता रहेको थियो । 

सहभागीहरूले सांगितिक कार्यक्रमको आनन्द लिनुका साथै स्थानीय कलाकारहरूको गीत संगीत प्रस्तुतिमा नाचगान गरेका थिए ।

ग्राहकहरूको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम आयोजना स्थलमा आफ्नो स्टल पनि राखेको थियो । स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरू लिएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro